सरकारले १४ अर्ब १५ करोड ऋण लिँदै

काठमाडौं । नेपाल सरकारले विश्व बैंक र एसियाली विकास बैंकबाट १४ अर्ब १५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङका अनुसार १५ मंसिरको मन्त्रीपरिषद् बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैैंकबाट ४० मिलियन डलर (४ अर्ब ७७ करोड) बराबरको सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ ।

सोही आयोजनाका लािग १० मिलियन डलर १ अर्ब १९ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत भएको छ । उता, मंसिर १८ मा बसेको मन्त्रिपरिषद् बैठकले ग्रामिण उद्यम तथा आर्थिक विकास परियोजना संचालन गर्न विश्व बैंकबाट ९ अर्ब ३८ करोड (८० मिलियन डलर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ ।

मन्त्रिपरिषद्को मंसिर १५ र १८ गतेको बैठकबाट यस्तो निर्णय लिइएको हो ।