मनकामना केबुलकार आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला हुँदै

काठमाडौं । आगामी आइतबारदेखि सर्वसाधारणका लागि गोरखाको मनकामना मन्दिर खुल्ला गरिने भएको छ ।

गत मंगलबार मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गर्ने निर्णय गरेको हो । योसँगै सोही दिनदेखि मनकामना केबलकार सेवा समेत सञ्चालनमा आउने भएको छ ।

‘मन्दिर खुले पनि अहिलेलाई भक्तजनहरु भित्र गएर पूजाआजा गर्न पाउनुहुन्न्, मन्दिर बाहिरैबाट दर्शन गर्ने हो । भक्तजनले ल्याउनु भएको फूल, प्रसाद पुजारीले भित्र लगेर चढाइदिने व्यवस्था हुन्छ’ गुरुङले भने । कोभिड–१९ को महामारीको संक्रमण र सन्त्रास बढेसँगै मनकामना मन्दिर र केबलकार गत चैत ८ गतेदेखि हालसम्म बन्द रहँदै आएको छ ।

कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण गत चैतदेखि बन्द रहँदै आएको मन्दिर यहीँ आउँदो मंसिर २८ गतेदेखि खुल्ने भएको हो ।