भारतमा एकैदिन १० हजार ५१० जनामा संक्रमण पुष्टि

मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८०

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार २८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार २८० पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ५१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ८ लाख ५८ हजार ३०० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५ लाख ५९ हजार ६०४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४३ हजार ४१३ छ ।