जब नारायणकाजी श्रेष्ठले सडक सफाइ गरे !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले काठमाडौंमा गरेको जनसभापछि फोहोर भएको सडक नेकपा नारायणकाजी श्रेष्ठ र कार्यकर्ताहरुले नै सफा गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरुले नै सडक बढारेका हुन् । 

सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् ।

बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव समूहले प्रदर्शन गरेको थियो ।

ती प्रदर्शनहरु भृकुटीमण्डपमा आई सभामा परिणत भएको थियो ।