‘केपीजी तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस् : प्रचण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुशता’ विरुद्ध थप आन्दोलन चर्किने बताएका छन् ।

नेकपा दाहाल–नेपाल समूहको जनसभामा सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।  ‘तपाइँले जतना र राष्ट्रका लागि अपराध गर्नुभयो, बरु राजिनामा दिनुस्, उनले भने, ‘तपाइँ जति निरंकुशतातर्फ जानुभयो त्यति विद्रोह चर्किन्छ ।’

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै आफूहरु जनताको शरणमा आएको बताए । उनले ओलीको असंवैधानिक कदम विरुद्ध अब लाखौं जनता सडकमा आउने दाबी गरे ।

‘हिजो हामीले सानो विद्रोह गर्दा त्यस्तो अवस्था भयो भने अब झन कस्तो होला ? ,’ उनले भने, ‘केपी ओली जस्तो निंकुश र एउटाको सनकका भरमा अदालतले फैसला गर्छ भन्ने हामीले पत्याउँछौं ?’