बोलेकै आधारमा नागरिक तर्साउने सरकारले हिंसा र बलात्कार चाँही नदेख्ने : नेता पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार रहेको बताउँदै नेकपा नेतृ रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर्न माग गरेका छन् ।

बोलेकै आधारमा नागरिक तर्साउने सरकारले हिंसा र बलात्कार नदेखेको समेत बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फासिष्ट सरकार हिंसा र बलात्कार देख्दैन । बोलेकै भरमा बन्दुक तेर्स्याउँछ । टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँछ । हामीले ल्याएको लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार छ । सबै बोल्न पाउँछन् । रामकुमारी झाँक्रीलाई विनासर्त रिहा गर ।’

उनले बारम्बार गल्ती गर्ने दुस्साहस नगर्न समेत चेतावनी दिएका छन ।

‘याद रहोस् हुकुम चल्दैन यहाँ । बोलेको आधारमै थुन्ने रु टिप्पणी गर्यो भनेर तर्साउने ? कतिलाई थुन्ने हो ? आफ्नो नामार्दी छोप्न दमनको आवरण देखाउने ?,’ उनले फेसबुकमा, ‘भ्यू टावर बनाउन छुट्याएको बजेटले बालुवाटार र बालकोट तिर जेल बनाउन थाल्नुस्।’