रामकुमारी पक्राउबारे बुझ्न मानवअधिकार आयोगको टोली अपराध महाशाखामा

काठमाडौं । प्रचण्ड–माधव समूहका नेतृ रामकुमारी झाँक्री पक्राउबारे बुझ्न राष्ट्रिय मानवअधिकार आयोगको टोली महानगरीय अपराध महाशाखा पुगेको छ ।

राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई बिहीबार विहान शंखमूलस्थित उनकै निवासबाटै पक्राउ गरेको थियो ।

त्यसबारे बुझ्न खिमानन्द बस्याल र मञ्जु खतिवडासहितको टोली मीनभवनस्थित अपराध महाशाखाको कार्यालयमा पुगेको हो ।