भारतमा एकैदिन भारतमा ११ हजार ४३४ जनामा संक्रमण पुष्टि

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख १६ हजार १७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख १९ हजार ८३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४१ हजार ३२५ छ ।