कोरोनाको भ्याक्सिन भन्दै स्लाइन सोलुसन र मिनिरन वाटरलाई सुईमा हालेर बेच्ने पक्राउ

एजेन्सी । चीनले करोडौं डलरको ठगी प्रकरणका नेतालाई पक्राउ गरेको छ ।

यस ठगी योजनाअन्तर्गत कोभिड–१९ को भ्याक्सिन भन्दै स्लाइन सोलुसन र मिनिरन वाटरलाई सुईमा हालेर बेचिएको थियो । कोङ नामक गरेका व्यक्तिले वास्तविक भ्याक्सिनको प्याकेज डिजाइनबारे अध्ययन गरेका थिए, त्यसपछि त्यस्तै डिजाइनमा ५८ हजारभन्दा धेरै नक्कली खोप आफैं उत्पादन गरे ।

यसमध्ये धेरै खोपहरु विदेशमा तस्करी गरियो, तर कहाँ पठाइयो भन्ने खुलेको छैन । नक्कली खोपकै तस्करीमा पक्राउ परेका ७० व्यक्तिमध्ये कोङ एक हुन् । चीन सरकारले नक्कली खोपको वितरणलाई ध्वस्त पार्ने वाचा गरेयता यसमा संलग्नहरु निरन्तर पक्राउ परिरहेका छन् ।  अदालतका अनुसार कोङ र उनको टोलीले स्लाईन सोलुसन र मिनिरल वाटरलाई सुईमा हालेर कोभिड खोप भन्दै गत अगस्टदेखि बेचिरहेको थियो, यसबापत उनीहरुको टोलीले १ करोड ८० लाख युआन ९ २७ लाख ८० हजार डलर० फाइदा कमाए ।

विदेशमा निर्यात गर्नुअघि यस्ता ६ सय खोप हङकङमा गत वर्ष पठाइएको थियो । वास्तविक निर्माताहरुका आन्तरिक च्यानलहरुमार्फत माग भएको खोपको विवरणलाई आधार मानेर यी नक्कली खोपहरु बिक्री गरिएको थियो । त्यसैगरी, अस्पतालहरुमा सोचेभन्दा बढी मूल्यमा पनि यी खोप बिक्री भएका थिए । त्यसैगरी, गाउँमा मानिसहरुलाई नक्कली खोप लगाएको आरोपमा पनि ‘नक्कली डाक्टर’ हरु पक्राउ परेका छन् ।

चीनको सर्वोच्च न्यायिक निकायले यस्ता गतिविधि बन्द गर्नका लागि क्षेत्रीय एजेन्सीहरुले प्रहरीसँग समन्वय गर्नुपर्ने पनि जनाएको छ ।चिनियाँ अधिकारीहरुले गत साता लुनार नयाँ वर्षअघिसम्म १० करोड जनतालाई खोप लगाउने आशा गरेका थिए, यद्यपी अहिलेसम्म ४ करोडलाई मात्रै खोप लगाइएको छ । यद्यपी, कडा लकडाउन, परीक्षण र ट्रेसिङका कारण चीनले ठूलो रुपमा कोरोनालाई नियन्त्रणमा राखेको छ ।