मौसम पूर्वानुमान : पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिम वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजै दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार दिउँसोसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फागुन ०७ गते (शुक्रबार)

दिउँसो: प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फागुन ०८ गते (शनिबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

फागुन ०९ गते ( आइतबार)

दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी क्षेत्रहरुमा मौसम सामान्यतया सफा रहनेछ ।