मौसम पूर्वानुमान : अधिकांश स्थानमा आशिंक बदली रहने 

काठमाडौं । आज नेपालका अधिकांश स्थानमा आशिंक बदली रहने र अन्य भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले दिएको जानकारी अनुसार प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा बाहेक अन्य स्थानमा मौसम सफा रहनेछ ।

दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै राति प्रदेश १ को पहाडी तथा हिमाली भू–भागमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ ।