साताको पहिलो दिन नेप्से ३.६६ अंकले वृद्धि

काठमाडौं– सेयर बजार नेप्से परिसूचक ३.६६ अंकले वृद्धि भएको छ । आइतबार ०.१४ प्रतिशतले बढेर नेप्से २६४० दशमलव ३४ बिन्दूमा पुगेको हो ।

नेप्सेमा सामान्य वृद्धि भए पनि ‘क’ वर्गका कम्पनीहरूको सेयर मापन गर्ने सेन्सिटिभ परिसुचक २.२ अंकले घटेको छ ।  सबैभन्दा बढी जलविद्युत समूहको परिसुचकमा वृद्धि भएको छ ।

आइतबार ९१ हजार ३७८ पटकको व्यापारमा ८ अर्ब ६९ करोड ७६ लाख ४९ हजार बराबरको सेयर कारोबार भएको छ । यसबीच २ करोड ४० लाख ३४ हजार ७५४ कित्ता सेयर खरीदबिक्री भएको छ ।

म्युचुअल फण्ड र जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । म्युचुअल फण्ड समूहको सर्वाधिक ६.४ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ४.२९ प्रतिशत बढेको हो ।