प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर गरियो स्वागत

काठमाडौँ । प्रदेश २ का प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

आइतबार अपरान्ह काठमाडौबाट जनकपुर पुगेका प्रदेश प्रमुख झालाई विमानस्थलमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहसहितको टोलीले १०१ किलोको फूलको मालाले स्वागत गरेको हो ।

 मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार झालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।