एकैदिन थप १२५ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा सोमबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ । त्यस्तै थप ९० संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा २ लााख ६९ हजार ९६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा सोमबार कोरोनाका कारण कसैपनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा हाल १५ सय २९ जना आइशोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ ।