बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

काठमाडौं । ललितपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

जावलाखेल चोकमा बसले ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा.२ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईले जानकारी दिए ।