चैनपुरको पेट्रोल पम्पमा आगलागी

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका – ७ जिरो पाईन्ट नजिकै रहेको श्रेष्ठ पेट्रोल पम्पमा आगलागी भएको छ ।

मंगलबार दिउँसो १२ बजे ट्याङ्करबाट ट्याङ्कीमा पेट्रोल खनाउने क्रममा आगो लागेको सशस्त्र प्रहरी अरुण गुल्म चैनपुरका डिएसपी विशाल सिलवालले जानकारी दिए ।  पेट्रोल पम्पमा लागेको आगो सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा आएको डिएसपी सिलवालले बताए ।

आगलागीबाट पम्प नजिकै रहेको पाँच तले घरमा पनि क्षति पुगेको छ । आगलागीबाट के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी छ।