एकैदिन देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ४११ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ६० जना पुरुष गरी कुल ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८४ जना संक्रमणमुक्त भएका हुन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।