एकैदिन कोरोना संक्रमणबाट १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २ हजार ७६७

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ । यसैगरी विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका थप ८२ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित हिजोको तथ्यांकमा थप ८३ मृतकको संख्या थपिएको छ । मन्त्रालयका अनुसार योसहित हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख २ हजार ७६७ पुगेको हो ।