२४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चारजना पुगेको जनाएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७७१ पुगेको छ । विगत चौबीस घण्टामा तीन हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएकामा ११२ जनाको नतिजा पोजेटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ९८४ पुगेको छ । त्यस्तै चौबीस घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७० हजार २७ पुगेको छ ।  हाल क्वारेन्टिनमा ७१ जना छन् भने आइसोलेसनमा ९३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।