बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, प्रतिनिधिसभाको बैठक आह्वानलगायत विषयमा छलफल हुने

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू भएको छ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो।

बैठकमा प्रतिनिधिसभाको बैठक आह्वानलगायत विषयमा छलफल हुने जनाइएको छ । सर्वोच्चले मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन निर्देशनात्मक फैसला सुनाएको थियो।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी यही विषयमा छलफल गरेको बुझिएको छ ।