भारतमा एकैदिन १७ हजार ३४६ जनामा संक्रमण

काठमाडौँ । भारतमा १ करोड १० लाख ९६ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १७ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख ९६ हजार ४४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ८७ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ७३ हजार २७५ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६६ हजार ७८ छ ।