पार्कको शिलान्यास गर्न प्रधानमन्त्री ओली आज झापा जाँदै

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जान लागेका छन्।

जहाजबाट झापा जान लागेका ओली आइतबार झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीले रतुवा खोलामा बनेको पुल उद्घाटन गर्ने पनि कार्यक्रम छ।

प्रधानमन्त्री ओली १० बजे भद्रपुर विमानस्थल पुग्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली आज नै काठमाडौं फर्कनेछन्।