साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरियाली

काठमाडौं– साताको दोस्रो दिन सोमबार शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार चार महिनायता सबैभन्दा धेरै घटेको शेयर बजार सोमबार ४० दशमलव ६४ अंकले बढेको हो । अंकको वृद्धिपछि नेप्से २५१५ अंकमा कायम भएको छ ।

योसँगै नेप्से २ हजार ५ सय १५ दशमलव ३ अंकमा बन्द भएको छ । सोमबार उपसमूहका शेयरमा पनि हरियो बलेको छ ।

सोमबार शेयर बजारमा ५ अर्ब ६९ करोड २३ लाख भन्दा धेरै रकमको कारोबार भएको छ । आज शेयर बजारमा २ सय ९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार ४ सय ८८ कित्ता सेयर खरिद विक्री भएको थियो ।

आज चन्द्रागिरि हिल्सको शेयर सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ । आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

यस्तै आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक शेयर कारोबार सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ४४ करोड रुपैयाँको कारोबार हुँदा शेयर मूल्य ५२९ रुपैयाँ बढेको छ ।