स्रोत नखुलेको  नेपाली रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानरगपालिका–१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका–१४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका–१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।