बैतडीमा तीनमहिने  छोराको हत्याको आरोपमा बाबु पक्राउ

काठमाडौं । बैतडीमा आफ्नै छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका–५, खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द छन् । राजबहादुरले आफ्नै घरमा तीन महिनाको छोरा लक्ष्मणलाई लछारपछार गरी कुटपिट गर्दा शिशुको घटनास्थलमै मृत्यु भएको र उनका बुवा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरीचौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका मन्धिरको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।