एकैदिन भारतमा १५ हजार ७०४ जनामा संक्रमण

एजेन्सी । भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ७०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख ३९ हजार ३२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार ३८५ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ८ लाख १० हजार १६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ७१ हजार ७७६ छ ।