यस्तो देखियो राष्ट्रिय सभागृहमा (फोटो फिचर)

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज राष्ट्रिय सभागृहबाट सार्वजनिक हुँदैछन् ।

राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’का बीच विप्लव सार्वजनिक हुँदैछन् ।

विप्लव सार्वजनिक हुने र प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै स्टेजबाट सम्बोधन गर्ने भएपछि राष्ट्रिय सभागृह परिसरमा उपस्थिति बाक्लिएको छ ।