कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ,तर झुक्दैनौ : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीतिमा हुने विदेशी हस्तक्षेप स्वीकार्य हुनै नसक्ने बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सहमतिमा हस्ताक्षर पछि सभालाई सम्बोधन गर्दै विप्लवले सो कुरा बताएका हुन् ।

‘कुनै विदेशीले हस्तक्षेप गर्न खोज्यो भने हाम्रो जीवन गाडिन तयार छ । तर झुक्दैनौ’, विप्लवको भनाई छ । उनले जनतालाई फैसला गर्न वातावरण बनाउन जरुरी छ रहेको भन्दै जनताले सधैंभरी जनता दलाल पुँजीवादको चक्रमा सधै घुम्नुपर्ने नियतिको अन्त्य हुनुपर्ने बताए ।

उनले नेपाली जनताले आत्मत्वको निर्णय गर्न पाउने अधिकार दिनुपर्ने भन्दै त्यसका लागि आफुहरुको अडान कायमै रहेको बताए । ‘हाम्रो अहिले पनि यो दृष्टिकोण छ । नेता दल सवैलाई चुन्यौ । हामी यहाबाट आग्रह गर्न चाहान्छौ कम्युनिस्टहरु युद्धको अन्त्य गर्छन् ।

जुन दिन कम्युनिस्ट विजय भएपछि हतियारको अन्त्य हुनेछ ।’ उनले घुम्दै फिर्दै रुम्जाटार भन्ने प्रवृत्ति नेपालमा देखिएको भन्दै त्यो प्रवृति बदल्नु जरुरी रहेको बताए । उनले त्यसका लागि आफु हातेमालो र सहकार्य गर्न तयार रहेको पनि बताए ।