यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्षमात्र बसियो : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिएका छन् ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै धर्मेन्द्र बास्तोलालाई बधाइ दिएका छन् ।

समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र बास्तोलाको नाम लिनासाथ ‘बधाई छ भर्खरै छुटेर आउनु भयो’ भनेका थिए । उनले अगाडि भने, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष ।’

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका अर्का नेता तथा सो पार्टीका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माको नाम लिएर पनि हँसाएका थिए । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यार नाम ।’