सुनको मूल्यमा गिरावट , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

स्थानीय बजारमा शुक्रबार सुनको भाउ रू.९०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रू.८५ हजार ६०० मा कारोबार भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू.८६ हजार ५०० मा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुन प्रतितोला रू.९०० ले घटेको हो ।  त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.८५ हजार १५० मा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रू. ८६ हजार ०५० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बिहीबार प्रतितोला रू.एक हजार २८५ मा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला रू.एक हजार २५० खरीदविक्री भइरहेको छ । बिहीबारको तुलनामा शुक्रबार चाँदी रू। ३५ ले घटेको हो ।