पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमितसँगै नेपाल हाल कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये हाल ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा २१ लाख ८५ हजार १ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल ५८ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।