साताको पहिलो दिन सेयर बजारमा पहिरो

काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने होटेल र टुरिजम तथा जलविद्युत समूहबाट अरु सबै सवइन्डेक्स ओरालो लागेपछि अन्ततः बजार घटेको हो ।

होटेल र टूरिजमको वृद्धिमा आज चन्द्रागिरी हिल्सको योगदान रहृयो । यो कम्पनीको सेयर मूल्यमा भने ९.९२ प्रतिशतको वृद्धि देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटी २४८५ विन्दुमा आएको छ । यो ०.८६ प्रतिशतको गिरावट हो ।

आइतबार कुल कारोबार ५ अर्ब १० लाख रुपैयाँको मात्र भयो । पछिल्ला दिनमा कुल कारोबार रकममा भारी गिरावट देखिएको छ । अघिल्लो साताको अन्तिम दिन बिहीबारको तुलनामा आज करवि १ अर्ब रुपैयाँले कारोबार रकम घटेको छ ।

आज २ सय ११ कम्पनीको शेयर ५३ हजार ९ सय ७० पटक कारोबार भएको छ । बिहीबार ९० अंकले बढेको बजार आइतबार भने सम्हालिन सकेन ।

आज सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ता रहे । आज चन्द्रागिरी, नेपाल हाइड्रो डेभलपर्स, रैराङ हाइड्रोपावर विकास कम्पनी, एक्सल विकास बैंक र नेपाल इन्स्योरेन्स बढी कमाउने कम्पनीमा रहे ।

नेसनल हाइड्रोपावर कम्पनी, साल्ट टे्रडिङ कर्पोरेसन, बोटलर्स नेपाल, किसान लघुवित्त वित्तीय संस्था बढी गुमाउने कम्पनीमा रहेका छन् ।