विदेशमा कोरोना संक्रमणबाट थप दुईजना नेपालीको मृत्यु

काठमाडौं । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।

शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको सापकोटाले बताए ।

हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली सङ्क्रमित भएका छन् ।