‘दाहाल–नेपाल’ समूह आकस्मिक छलफल

सर्वोच्च अदालतको फैसलापछि ‘दाहाल–नेपाल’ समूहले बोलायो आकस्मिक छलफल

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेलगत्तै नेकपा दाहाल–नेपाल समूह आकस्मिक छलफलमा जुटेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि आगामी रणनीति तय गर्न उनीहरु आकस्मिकरुपमा छलफलमा जुटेको स्रोतले जानकारी दियो ।

सिंहदरबारमा पुष्पकमल दाहाल, माधव नेपाल लगायतका नेताहरु बैठकमा जुटेका हुन् । आकस्मिक बैठकमा शीर्ष नेताहरुले अबको रणनीति तय गर्न सक्ने बताइएको छ ।

अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकीकरण अगाडिकै अवस्थामा फर्काइदिएको छ ।

सर्वोच्चले नेकपाको आधिकारिक स्वामित्व ऋषिराम कट्टेलसँग नै रहेको फैसला गरेपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ ।

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नाम विवादमा आइतबार फैसला सुनाएको हो।

सर्वोच्चले नेकपा नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नहुने भएको छ।

सर्वोच्चको फैसला अनुसार अब एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् । माओवादी केन्द्र र एमाले ब्युँतिएपछि अब ती दुबै दल एक हुने भए फेरि प्रक्रिया सुरु गर्नुपर्ने छ।