देशको विभिन्न स्थानबाट पाँचजना मृत फेला

काठमाडौं । मुलुकका विभिन्न स्थानमा पाँचजना मृत फेला परेका छन् ।

संखुवासभा
संखुवासभाको सभापोखरी गाउँपालिका १, तित्रे सामुदायिक वनको धुपु खोलामा सोही गाउँपालिका २, हुतिखिम बस्ने ३३ वर्षीय विश्वेश्वर कोइराला मृत अवस्थामा फेला परेका छन् ।

 

अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाउँपालिका ४, चापापानी बस्ने ४७ वर्षीय बिनबहादुर विक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

 

उदयपुर
उदयपुरको कटारी नगरपालिका ४, मुसारी टोल बस्ने २८ वर्षीया गीता सदाय आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् ।

 

दाङ
दाङको राजपुर गाउँपालिका १, तप्दारपुर बस्ने ६० वर्षीय छुनिलाल चौधरी घरदेखि अन्दाजी १५० मिटर टाढा सडकमा मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं
यस्तै काठमाडौं महानगरपालिका २७ ठहिटीमा परिचय नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।