पेस्तोलसहित नवलपरासीबाट दुईजना पक्राउ

काठमाडौं । नवलपरासीमा एकथान पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।

कावासोती नगरपालिका १६, चालिसकिलो जंगलस्थित सडकबाट एकथान पेस्तोलसहित गोरखा चुमनुब्री गाउँपालिका ३ बस्ने १८ वर्षका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.५ख ६५६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।