देशभर एकैदिन ५९ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ । त्यस्तै थप ५९ संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा २ लााख ७० हजार ९८७ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म ३ हजार १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।