भ्युटावर निर्माणका ठेकेदार भेटवाल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको ठेकेदार कम्पनीका सञ्चालक भेटवाललाई पक्राउ गरेर बैंकिङ कसूरमा विशेष अदालतमा पेश गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

भेटवालसहित विशेष अदालतमा पेश गरिएका अन्य व्यक्तिहरूको विवरण आउन बाँकी छ ।

भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ ।

जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवालले गतवर्ष खुल्लामञ्च कब्जा गरेका थिए ।