रक्सी खान नदिएपछि श्रमानद्वारा श्रीमतीको गोली हानी हत्या 

काठमाडौं । श्रीमतीले रक्सी खान रोक लगाएपछि आक्रोशित बनेका एक श्रीमानले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । 

सोमबार राति अनुपम मिश्राले श्रीमती राखी मिश्राको गोली हानेर हत्या गरेका हुन् । उनीहरुबीच २००५ मा बिहे भएको थियो । यो दम्पती उत्तर प्रदेशको राजधानी लखनउमा बस्दै आएको थियो । 

रिपोर्टअनुसार राखीले आफ्ना श्रीमान्लाई रक्सी छोड्नका लागि पटक–पटक आग्रह गरेकी थिइन् र यस विषयलाई लिएर विगतमा पनि उनीहरुबीच झगडा हुने गरेको थियो । तर  सोमबार अनुपमले आक्रोशमा आएर गोली चलाए । गोलीको आवाज सुन्ना साथ छिमेकीहरूले प्रहरीलाई सुचना दिए । राखीलाई किङ जर्ज मेडिकल युनिभर्सिटी स्थित ट्रमा सेन्ट लगिँदै थियो, बाटोमै उनको मृत्यु भयो । 

प्रहरीले मिश्रालाई हिरासतमा लिएको छ । अपराधमा प्रयोग भएको बन्दुक पनि बरामद गरेको छ । मिश्राले पत्नीको हत्या गर्ने आफ्नो कुनै योजना नरहेको र भुलबाट बन्दुक चलेको बताएका छन् । घटनाको समय यो दम्पतीका तीन बच्चा देव, आदी र साक्षी, अनुपमकी आमा र भाइ पनि घरमा उपस्थित थिए ।