शिवरात्रिमा मास्क नगलाए पशुपतिमा प्रवेश गर्न नपाइने

काठमाडौं । यसपालिको शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा मास्कविना प्रवेशमा रोक लगाइने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गर्दै कोरोना महामारीका कारण मास्कविना दर्शनार्थीलाई प्रवेशमा रोक लगाइने जनाएको छ ।

यसपालिको शिवरात्रि फागुन २७ गते परेको छ । शिवरात्रिमा दश लाख दर्शनार्थी पशुपति दर्शनमा आउने कोषको अनुमान छ । शिवरात्रिको सम्पूर्ण व्यवस्थापकीय तयारी भइसकेको कोषले जनाएको छ ।