एकैदिन देशभर १०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसंगैं कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ।

यस्तै सोही अवधीसम्म थप ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७१ हजार ५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८।६ प्रतिशत हो।

देशभर हाल ९११ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।  हालसमम कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ।