एकौदिन देशभर थप ४८ जनामा कोरोना पुष्टि

काठमाडौँ– नेपालमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । त्यस्तै, ६१ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ७१ हजार १७७ संक्रमित निको भएका छन् ।

गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजारर १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा हाल ९२९ जना आइशोलेशन र ५१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २२ लाख १० हजार ४३४ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।