भारतमा २७ हजार ५१२ जनामा संक्रमण

एजेन्सी । भारतमा १ करोड १३ लाख ३३ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ५१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १३ लाख ३३ हजार ४९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५८ हजार ४८३ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ९ लाख ७१ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ३ हजार ६६१ छ ।