मौसम अपडेट : पहाडी भेगका वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर पश्चिमी वायुको आंशिक प्रभावले आज पहाडी भेगका थोरै हल्का वर्षा भएको छ ।

अहिले पनि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्चपहाडी तथा हिमाली भू-भागहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

आइतबार र शनिबार पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।