सिरी ‘ए’ फुटबल : इन्टरले टोरिनोलाई २–१ गोलले पराजित

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले टोरिनोलाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा इन्टरले टोरिनोलाई २–१ गोलले पराजित गरेको हो ।

इन्टरको जितमा रोमेलु लुकाकु र लाउटरो मार्टिनेजले एक एक गोल गरे । टोरिनोका एन्टोनियो सनाब्रियाले एक गोल फर्काए ।

जितसँगै इन्टर १७ खेलमा ६५ अंकसहित शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको छ । टोरिनो २० अंकसहित १८औँ स्थानमा छ ।