सिरहा भएको बम विस्फोटको आरोपमा एकजना पक्राउ

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोमबार प्रहरीले लहान नगरपालिकाका ३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट पक्राउ गरेको हो ।

आइतबार मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसहित ६ जना घाइते भएका थिए ।

गम्भीर घाइते भएका दिनेश भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।