अमेरिकाको एट्लान्टामा शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको एटलान्टा राज्यमा मंगलबार राति तीन वटा स्पा सेन्टरमा भएका शृंखलावद्ध आक्रमणमा ८ जनाको मृत्यु भएको छ ।

  मसाज पार्लर र स्पा सेन्टरमा आक्रमण हुँदा ६ एसियाली महिलासहित आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

चार जनाको मसाज पार्लर र चार जनाको स्पा सेन्टरमा मृत्यु भएको हो।  आक्रमणको आशंकामा प्रहरीले २१ वर्षीय एक युवालाई पक्राउ गरेको छ । घटनाबे थप अनुसन्धान भइरहेको छ ।