जबरजस्ती करणी गरेको अभियोगमा तनहुँबाट एकजना पक्राउ

तनहुँ । १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा सुक्लागण्डकी नगरपालिका–९ बस्ने २७ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले बहिनीलाई आइतबार राति र पहिले पनि पटक–पटक जबरजस्ती करणी भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।
घटनाका विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।