आजबाट प्रशारण हुँदै ‘द भ्वाइस अफ नेपाल सिजन–३ ’

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ आजबाट प्रशारण हुने भएको छ । ‘द भ्वाइस अफ नेपाल’ सिजन–३ आजबाट प्रशारण हुन लागेको आयोजकले जनाएको छ ।

‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त शो प्रशारण हुने छ ।
यो पटक कोचमा एकजना परिवर्तन भएको छ । तृष्णा गुरुङलाई दर्शकले यो पटक नयाँ कोचका रुपमा देख्ने छन् । आस्था राउतको ठाउँमा गुरुङ प्रवेश गरेकी हुन् । अन्य तीन कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा छन् ।