नायिका आलिया सुटिङका क्रममा घाइते भइन्

काठमाडौं– बुल्गेरियामा सुटिङ भईरहेको चलचित्र ‘ब्रम्हास्त्र’ को सुटिङका क्रममा बलिउड नायिका आलिया भट्ट घाइते भएकी छन् । डाक्टरहरुले उनलाई केही साता आराम गर्न सुझाव दिएका छन् ।

आलिया दृष्यलाई जीवन्तता दिन भन्दै घोडसवारी सिक्दै गरेकी आलिया सोही क्रममा एक्सनको दृष्य सुटिङ गर्दा उनी घाइते भएकी हुन् । उनको काँधमा गम्भीर चोट लागेको छ । उनले अब धेरै दिनसम्म सुटिङ गर्न सक्ने छैनन् । तर उनी तत्काल मुम्बई पनि नफर्कने मनस्थितिमा छिन् ।